FAQs Complain Problems

दुल्लू नगरपालिका नगर सभाकाे १५ अैां अधिवेशन सम्पन्न

दुल्लू नगरपालिकाको नगरसभाको १५ औं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।
यहि मिति २०८१ असार १० गते समुद्घाटन भएको दुल्लू नगरपालिकाको पन्ध्रौं अधिवेशनको पहिलो वैठकमा नगर प्रमुख श्री भरतप्रसाद रिजाल ज्यूबाट सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको थियो भने नगर उप प्रमुख बिना कार्की ज्यूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति समीक्षा तथा आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान समेटिएको विनियोजन विधेयक-२०८१ सभा समक्ष प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी लेखा समितिका संयोजक रामचन्द्र शर्मा ज्यूले लेखा समितिको प्रतिवेदन-२०८१ सभामा पेश गर्नु भएको थियो भने आर्थिक विधेयक- २०८१ र मध्यमकालिन खर्च संरचना (२०८१।०८२-२०८३।०८४) समेत छलफलको लागि सभामा प्रस्तुत गरिएको थियो । त्यसैगरी १५ औं अधिवेशनको दोश्रो वैठक आज मिति २०८१ असार २२ गते बसेको थियो जसमा नगर उप प्रमुख तथा न्यायिक समितिका संयोजक बिना कार्की ज्यूले न्यायिक समितिले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा गरेका गतिविधिहरु समेटिएको न्यायिक समितिको प्रतिवेदन-२०८१ सभाको वैठकमा प्रस्तुत गर्नु भएको थियो भने सभा सदस्य टेकवहादुर महत, सूर्यवहादुर भण्डारी, चन्द्रा सिंह, नन्दवहादुर थापा, विष्णा कुमारी कुमाल वि.क.(कार्यपालिका सदस्य), कलमे दमाई (कार्यपालिका सदस्य), फारम सिंह थापा (वडा नं. २ वडा अध्यक्ष), तर्कवहादुर खड्का (वडा नं. १ वडा अध्यक्ष) र लिलाराम लम्साल (वडा नं. १२ वडा अध्यक्ष) ले पहिलो वैठकमा पेश गरिएका आर्थिक विधेयक-२०८१, विनियोजन विधेयक-२०८१, मध्यमकालिन खर्च संरचना (२०८१।०८२-२०८३।०८४), लेखा समितिको प्रतिवेदन-२०८१ र न्यायिक समितिको प्रतिवेदन-२०८१ लगायत अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्नु भएको थियो । सभाको १५औं अधिवेशनको दोश्रो वैठकबाट सभा समक्ष प्रस्तुत आर्थिक विधेयक-२०८१, विनियोजन विधेयक-२०८१, मध्यमकालिन खर्च संरचना (२०८१।०८२-२०८३।०८४), लेखा समितिको प्रतिवेदन-२०८१ र न्यायिक समितिको प्रतिवेदन-२०८१ सर्वसम्मत पारित भई नगरसभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । नगरसभाको १५ औं अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नमा सहयोग गर्नुहुने सरोकारवाला सम्पूर्णमा हार्दिक धन्यबाद ।