FAQs Complain Problems

दुल्लू नगरपालिकाको संक्षिप्त परिचय

इतिहास

बाइसे चौविसे राज्यकालमा दुल्लू राज्यको राजधानीको रुपमा चर्चित दुल्लू खस राजा नागराजको शितकालिन राजधानी रहेको कुरा ऐतिहासिक वर्णनहरुमा उल्लेख गरिएको पाइन्छ । विभिन्न शिलालेखहरुमा यस ठाउँलाई दुर्लभप्रदेश, दुर्लङ्घ्य नगर भनेर उल्लेख भएको छ तथापी यसको नामाकरणको सम्बन्धमा कुनै ठोस प्रमाण नभेटिएतापनि बालेश्वर शिवालय र धुलेश्वर पर्वतको वीचमा रहेको नागदुलोको नामका कारण यो क्षेत्रको नाम दुलो भएको र पछी अपभ्रंस हुदै दुल्लू रहेको कुरा स्थानीय जनश्रुतीमा रहेको पाइन्छ ।

नेपाल एकिकरणको क्रममा राजा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएतापनि वि.सं. २०१८ सम्म यो छुट्टै राज्यको रुपमा रहेकै थियो । ततपश्चत दुल्लू राज्य विघठन भएर दैलेख जिल्लामा गाभिएको थियो । पछि दुल्लू राज्यका सबै दराहरुलाई बाँडेर तत्कालिन गाउँ पञ्चायत बनाइएका थिए । पछिल्लो समय सम्म एक सानो गाउँ विकास समितिको रुपमा रहेको दुल्लूमा आसपासका ६ वटा गा.वि.स हरु (दुल्लू, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी र छिउडीपुसाकोट) लाई समायोजन गरी वि.सं. २०७१ बैसाख २५ गत्ते दुल्लू नगरपालिका घोषणा भई २०७१ जेष्ठ ५ गते विधिवत रुपमा स्थापना गरिएको हो राज्य पुनरसंरचनाको क्रममा २०७३  साल फागुन २७ गते साविकका गमौडी, कालभैरव, गौरी र मालिका गाउँ विकास समितिहरु समेत समायोजन भइ दुल्लू नगरपालिकाको क्षेत्र विस्तार भएको हो ।

भौगोलिक अवस्थिति

                प्रदेश : कर्णाली

                जिल्ला : दैलेख

सिमाना

पूर्वः नारायण नगरपालिका र डुंगेश्वर गाउँपालिका

पश्चिमः चामुण्डाविन्द्रासैनी नगरपालिका, 

उत्तरः भैरवी गाउँपालिका

दक्षिणः गुराँस गाउँपालिका र अछाम जिल्ला

समायोजित गा.वि.स.हरु :

दुल्लू, नेपा, नाउलेकटुवाल, पादुका, बडलम्जी, छिउडीपुसाकोट, गमाैडी, कालभैरव, गाैरी र मालिका

वडा संख्या : १३

वडा विभाजन :

वडा नं. १: साविक नाउलेकटुवाल गा.वि.स.का वडा नं. ३, ६, ७, ८ र ९

वडा नं.२: साविक नाउलेकटुवाल गा.वि.स.का वडा नं. १, २, ४, ५ र  साविक नेपा गा.वि.स.को वडा नं. ९

वडा नं. ३: साविक नेपा गा.वि.स. का वडा नं. २, ४, ५, ६, ७, ८

वडा नं. ४:साविक नेपा गा.वि.स.का वडा नं. १, ३ पादुका गा.वि.स.का वडा नं. ८,९ र  दुल्लु गा.वि.स.का वडा नं. ७ र ९

वडा नं. ५: साविक दुल्लु गा.वि.स.का वडा नं. ६, ८ र छिउडीपुसाकोट गा.वि.स.का वडा नं. ६, ७, ८, ९

वडा नं. ६: साविक छिउडीपुसाकोट गा.वि.स.का वडा नं. १, २, ३, ४ र ५ र सावि मालिका गा.वि.स.को वडा नं. ७ र ८

वडा नं. ७: साविक पादुका गा.वि.स.का वडा नं. ६,७ र दुल्लु गा.वि.स.का वडा नं. १, ५

वडा नं. ८: साविक पादुका गाविसको वडा नं. ५ दुल्लु गाविसका वडा नं. २, ३, ४ र  वडलम्जी गाविसका वडा नंं. १, ८ र ९

वडा नं. ९: साविक पादुका गाविसका वडा नं. १, २, ३, ४

वडा नं. १०: साविक गमाैडी गा.वि.स.

वडा नं. ११ः साविक कालभैरव गा.वि.स.

वडा नं. १२ः साविक गाैरी गा.वि.स.

वडा नं. १३ः साविक मालिका गा.वि.स. को वडा नं. १,२,३,४,५,६, र ९

 

अक्षांश : २८ डिग्री ४५ मिनेट ४ सेकेण्ड देखी २८ डिग्री ५७ मिनेट १३ सेकेण्ड उत्तरी अक्षांश

देशान्तर : ८१ डिग्री ३१ मिनेट २८ सेकेण्ड देखी ८१ डिग्री ४१ मिनेट २६ सेकेण्ड पूर्वी देशान्तर

समुन्द्र सतहदेखि उचाई :

१२३६ मिटर (४०५५ फिट)

न्युनतम : ५४४ मिटर (तल्लो डुङ्गेश्वर)

कुल क्षेत्रफल : १५६.७७ बर्ग किलाेमिटर

जनसंख्या : ३९१४३ (२०७८ को जनगणना अनुसार कुल जनसंख्या)

घरधुरी :   ९०५३